अभिनेता तथा कलाकार अनुप बरालले नेपालमा स्टार कलाकारलाई अडिसन दिनु हुँदैन भन्ने भ्रम रहेको बताएका छन् । अनुपले फिल्म प्रकाशमा कलाकारको अडिसन लिएका थिए । फिल्मको कास्टिङ डिरेक्टर अनुप आफै हुन् । उनै, अनुपले नेपाली कलाकारलाई अडिसन दिन जानु हुँदैन भन्ने भ्रम रहेको बताए ।

उनले, अडिसन दिनु भनेको कलाकारको क्षमताको मुल्यांकन नभएको बताए । उनले भने–‘स्टार कलाकारले अडिसन दिन जानु हुँदैन भने भ्रम छ । अडिसन दिनु भनेको कलाकारको क्षमताको मुल्यांकन होइन । सो, फिल्मको कथामा उ फिट छ कि छैन भनेर गरिने मुल्यांकन हो ।’ अनुपले कलाकारले अभिनय सिक्नुपर्ने पनि बताएका छन् ।

अभिनेता प्रदिप खड्काले आफूसँग अभिनय सिक्न आउँदा नयाँ वर्गमा जान चाहन्छु भनेको संझिदै अनुपले नेपाली कलाकारको क्षमता वृद्धी भएको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV