फिल्मबारे प्रदिपको वुझाई
अभिनेता प्रदिप खड्काले फिल्मबारे आफ्नो वुझाई परिवर्तन भएको बताएका छन् । प्रेमगीत फिल्मबाट चर्चामा आएका प्रदिपलाई निर्माताले लगातार चकलेटी भूमिकामा देखाउँदै आएका थिए । तर, यसपटक भने प्रदिपले आफूलाई नयाँ तरिकाले प्रकाशमा ढाल्दैछन् । उनले सिनेमा बनाउनु अघि त्यो सिनेमा बन्न आवश्यक छ कि छैन भन्ने बिषयमा सोचेर निर्णय गर्ने बताएका छन् ।

यसरी निर्णय गर्दा सिनेमा गर्ने वा नगर्ने भन्ने बिषयमा छनोट गर्न सकिने प्रदिपले भनेका छन् । प्रदिपले ३ महिना लामो वर्कशप पनि गरे । उनका अनुसार, आफूलाई एउटै समुहमा राखिराख्न उनी चाहदैनन् । यसैले नयाँ सर्कलमा पुग्नका लागि उनले अभिनय सिके र प्रकाश जस्तो फिल्ममा आफूलाई ढाल्दैछन् । प्रदिपका अनुसार, प्रकाश जस्तो फिल्म बन्न आवश्यक रहेकाले आफूले सिनेमा गरेको बताए ।








