दिनेशले नोभेम्बर रेन २ नगर्ने
निर्देशक दिनेश राउतले नोभेम्बर रेन २ सिनेमा नगर्ने बताएका छन् । उनले, नयाँ सिनेमा प्रकाशको छायांकनको तयारी गरेका छन् । यो सिनेमाको घोषणा कार्यक्रममा उनले नोभेम्बर रेन २ नगर्ने बताएका हुन् । उनले सिनेमाको सिरिज किन बनाउने भनेर पनि प्रश्न गरेका छन् ।

सिनेमाको कथा लेखेर नाम राख्ने कि नाम राखिसकेपछि कथा लेख्न थाल्ने भन्ने कुरा मुख्य भएको उनले बताएका हुन् । दिनेशले सिनेमा मेरो एउटा साथी छ २ र प्रसाद २ पनि सिरिज भएकै कारणले छाडेका थिए । दिनेशले आफू सिनेमाको व्यापारका लागि मात्र नामको पछाडि २, ३ राख्नुपर्छ भन्ने मान्यतामा नरहेको पनि बताए ।
यदि, पहिलो कथा सकिदा नै सिरिज वा सिक्वेलको माग हुन्छ भने मात्र बनाउनुपर्ने उनले बताए । होइन भने, हिट सिनेमाको नाम राख्दा कमाई हुन्छ भनेर मात्र बनाउन नहुने पक्षमा आफू रहेको दिनेशले बताएका छन् ।
For More videos Log on to Mazzako TV







