वरिष्ठ अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले आईकेयर सेन्टरको उद्घाटन गरेका छन् । मंगलबार सरस्वती पूजाको अवसरमा राजधानी रबिभवनमा अबस्थित आईकेयर सेन्टरको उद्घाटन गरिएको हो । आँखाको उपचारको लागी खोलिएको आई सि यु आइ केयर सेन्टरमा तीन जना अनुभवि डाक्टर प्रोफेसर डाक्टर सविना श्रेष्ठ, डाक्टर चुनु श्रेष्ठ, डाक्टर अपराजिता मनोरन्जनको संयुक्त लगानी छ ।

मदनकृष्ण श्रेष्ठले आँखाको सम्पुर्ण उपचारका लागी आई सि यु आइ केयर सेन्टरमा आउन सकिने भन्दै टिमलाई शुभकामना दिए । यस्तै हरिवंश आचार्यले अस्पतालले राम्रो कामको सुरुवात गरेको र भोलीको दिनमा गाउँ, दुरुदराजका नागरिकलाई पनि सहजता हुने बनाउँदै बिश्वास ब्यक्त गरे ।

प्रोफेसर डाक्टर सविनाले आइ केयर सेन्टर आँखाको सबै खालको उपचार गर्ने थलो बन्ने विश्वास व्यक्त गर्नुभएको छ । आइ केयर सेन्टरले दुई महिनासम्म सबै खालको सर्जरीमा दस प्रतिशत छुट दिनेछ । त्यस्तै ओपिडि चार्जमा एक हप्तासम्म चालिस प्रतिशतसम्म छुट पाईनेछ ।
यस आइ केयर सेन्टरले १५ जना स्टाफलाई रोजगारी दिएको छ । आँखा सम्बन्धि वालवालिकादेखी वृद्धवृद्धा सबै उमेर समुहका व्यक्तिहरूको उपचार गरिने आइ केयर सेन्टरले जनाएको छ ।

For More videos Log on to Mazzako TV