निर्देशक दीपक श्रेष्ठ लामो समयपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म घिन्ताङको शुभसाइत सम्पन्न भएको छ । यो सिनेमाको शुभसाइत आज कमलादीस्थित गणेश मन्दिरमा सम्पन्न भएको हो । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री लक्ष्मी वर्देवाको मुख्य भूमिका रहनेछ ।

सुरुवातमा यो फिल्मका लागि अभिनेत्री एलिजा गौतम अनुवन्धित भएकी थिइन् । पछि एलिजाले बाबु बिरामी भएको भन्दै फिल्म छाडिन् । उनले फिल्म छाडेपछि लक्ष्मीलाई अनुवन्धित गर्दै दीपकले फिल्मको मुहुर्त गरेका हुन् । साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मुल्य’ कथामा आधारित रहेर यो फिल्म निर्माण हुन लागेको छ ।

आफूले बनाएका २९ वटा फिल्म भन्दा विल्कुल फरक कथामा यो फिल्म बन्ने दीपकलेब ताएका छन् । अभिनेत्री लक्ष्मी वर्देवाले फिल्मको कथा पढेपछि आफू काम गर्न उत्साहित भएको बताइन् । फिल्मका अभिनेता गौरव पहारीले फिल्ममा भूमिका आफ्ना लागि चुनौतीपूर्ण रहेको पनि सुनाए ।

For More videos Log on to Mazzako TV