सुष्माको मेकअपको चर्चा
अभिनेत्री सुष्मा कार्कीले आफ्नो जन्मदिन भ्यालेन्टाइन डेको दिनमा मनाइन् । सधै फ्रेवुअरी १४ मा जन्मदिन मनाउँदै आएकी सुष्माले यसपटक लण्डन पवमा जन्मदिन आयोजना गरिन् । उनको जन्मदिनमा कलाकारको उपस्थिती भने फितलो देखियो । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर बाहेक अन्य कलाकार सो कार्यक्रममा देखिएनन् ।

यसअघि सुष्माको जन्मदिनमा कलाकारको राम्रै भीड लाग्ने गरेको थियो । सो पार्टीको फोटो उनले जब सामाजिक संजालमा पोष्ट गरिन्, प्रतिक्रिया उनले सुखद पाएकी छैनन् । अधिकांशले उनको मेकअपले उनको अनुहार नै चिन्न गाह्रो भएको भन्दै प्रतिक्रिया दिएका छन् । सुष्माको मेकअपको आलोचना र ट्रोल भैरहेको छ ।

हुनत, सुष्मालाई यसले फरक पर्नेवाला छैन । किनभने, उनी यस्ता कुरालाई ह्यान्डिल गर्न सधै तयार हुन्छिन् । तर, आफ्नै जन्मदिनमा उनको बिषय, पहिरन भन्दा मेकअप बढी चर्चामा आयो । सुष्मा कार्की नयाँ फिल्म फटाह फणिन्द्रेमा काम गर्ने तयारीमा छन् ।
For More videos Log on to Mazzako TV







