विभिन्न दलका नेताले भन्दै आएको कलाकारलाई राष्ट्रको गहनाको बिषयमा प्रश्न उठ्ने गरेको छ । कलाकार गहना हुन् कि होइनन् भनेर प्रश्न उठिरहँदा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने कलाकारलाई गहना भन्न नमिल्ने बताएका छन् ।

उनले नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै कलाकारलाई कलाकार नै भन्दा राम्रो सुनिएको पनि बताएका छन् । गहना भन्ने वित्तिकै मुल्यको कुरा हुने भन्दै उनले मदनकृष्ण, हरिवंशदेखि अग्रज कलाकारको मुल्य तोक्न नसकिने पनि बताएका छन् ।

शर्माले नेपाली फिल्म र साहित्यलाई अघि ल्याउनुपर्ने र राजनीतिलाई पछि राख्नुपर्ने पनि बताए । उनले, आफू नेपाली सिनेमाको पारखी भएको पनि सुनाए ।

For More videos Log on to Mazzako TV