नेपाली फिल्ममा उपाधिको फेसन नै चलेको छ । कलाकारहरु पनि उपाधि लिनका लागि होडबाजी नै गरिरहेका छन् । फिल्म बनाउने निर्माता हुन् या कुनै निजी कम्पनी, कलाकारलाई एउटा न एउटा उपाधि थमाइदिन्छन् । कलाकार पनि सहजै उक्त उपाधि माला लगाएरै ग्रहण गर्छन् । अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको समयमा नेपाल चलचित्र प्राविधिक संघले अभिनेत्री करिश्मा मानन्धरलाई सदाबहार अभिनेत्रीको उपाधि दियो ।

सधै उस्तै देखिने र उस्तै क्रेज भएकाले पनि उनलाई यो उपाधि दिइएको हो । तर, उनै करिश्मालाई राजधानीमा केही दिन अघि आयोजना भएको कार्यक्रममा महानायिकाको उपाधि दिइयो । करिश्मालाई राजेश हमालले यो उपाधि दिदा सम्मानित गरे । करिश्माले माला लगाएरै सम्मान ग्रहण गरिन् ।

करिश्मा आफै नेपाली फिल्मका लागि एक सफल कलाकार हुन् । उनलाई उपाधिको आवश्यकता छ या छैन भन्ने प्रश्न उठेको छ । करिश्मा सदाबहार अभिनेत्री हुन् कि महानायिका ? प्रश्न यो पनि हो । करिश्मा आफैले आफूलाई के भन्छिन् ?

For More videos Log on to Mazzako TV