नायिका पूजा शर्माको क्रेज अच्चमकै छ । युट्युबमा पूजाको नामले मात्र पनि धेरै भिउज बढाउने कुरामा दुई मत पक्कै छैन । उनी पब्लिककी प्रिय नायिका हुन् । सबैको प्रिय बनेकी नायिका अहिले गहिरो प्रेममा रहेको उनको सामाजिक सञ्जालमा राखिएको फोटो र स्टाटसले बताउछ । चलचित्र प्रेमगीतले पूजाको जीवनलाई प्रेममय बनायो ।

प्रदिप खड्का सँग गरेको सहकार्य पूजालाई फाप्यो। चलचित्रमा उनले गरेको भूमिका दर्शकले रूचाए सँगै उनी पपुलर नायिका बनिन् । चलचित्र प्रेमगीत पछि उनले नायक पल शाह सँग जोडी बाध्दै म यस्तो गीत गाउँछु मा काम गरिन् । यो चलचित्र पनि उनको करियरको लागि प्लस पोईन्ट भयो । त्यसपछि नायक आकाश श्रेष्ठसँग रामकहानीमा पूजाले अभिनय गरिन् । पूजाले रामकहानी बाट निर्माणमा पनि हात हालिन् ।

चलचित्र पूजाका अगाडिका चलचित्र जति सफल त भएन तर चलचित्रको जोडी भने दर्शकको मन जित्न सफल भए । पूजा र आकाशको प्रेम चर्चा खुफै भयो । पूजालाई दिदी र आकाशलाई आकु भेना भन्ने पनि धेरै छन् । अहिले यी दुईले सगै काम गरेको दुई चलचित्र समालिन्छ कहिले मन र पोई पर्यो काले छायांकन सकेर रिलिजको पर्खाईमा छ ।

तर पूजा भने फिल्मको कुरा छोडेर माया प्रेमको कुरा गरिरहेकी छिन् । उनका हरेक स्टाटसमा प्रेमील शब्द भेटिन्छ । उनले आफू कसैको पर्खाईमा रहेको कुरा पनि फेसबुकमा आफ्नो फोटो राख्दै बताएकी थिइन् । पूजा आखिर कसको प्रेममा छिन् त रु फिल्म वृतमा पूजा र आकाश प्रेममा छन् भन्ने चर्चा छ। तर यो कुरा उनीहरूले स्विकारेका भने छैनन् । पूजा कसै न कसैको प्रेममा अहिले रमाईरहेकी छिन् नभए किन प्रेमको मात्र कुरा गर्नु त ?

For More videos Log on to Mazzako TV