फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म मेकर्स मीन बहादुर भामले नर्वेजियन पुरस्कार जितेका छन् । उक्त पुरस्कारको धनराशी ६६ लाख ८४ हजार रुपैयाँ (६० हजार अमेरिकी डलर) रहेको छ । उक्त प्रतिस्प्रधामा विश्वभर बाट ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै मीन बहादुर भामको ‘द इयर अफ कोल्ड’ (चिसो वर्ष)ले नर्वेजियन सरफन्ड जितेका हुन् । चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मले पनि उक्त पुरस्कार प्राप्त भएको छ ।

नेपाली कथानक चलचित्र ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम को उक्त फिल्म लाई सोनी फिल्म्स्ले निर्माण गर्दैछ । चिसो वर्षको कथामा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् । अन्ततः यात्राकै क्रममा उनीहरुको जीवनले मोड लिन्छ ।

यसैगरी अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले अवार्ड हात पारेको हो । चलचित्र कालो पोथीले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड यसअघी पनि जितिसकेको छ ।

For More videos Log on to Mazzako TV