बलिउडका चर्चित निर्माता बोनी कपुरको पछिल्लो समय सामाजिक सन्जालमा निकै ट्रोल बनिरहेको छ । एउटा पार्टीमा मोडेल तथा नायिका उर्वशी रौटेलाको नितम्बमा बोनीले हात लगेको कुराले अहिले सामाजिक सन्जाल भरी उनलाई उडाइएको छ । भारतको एक अनलाइन पत्रीकाले बोनी कपुरले गलत तरिकाले उर्वशीलाई छोएको बिषयमा खबर छापेपछि ट्विटरमा बोनी लाई उडाउन थालिएको हो ।

ट्विटर र अन्य सामाजिक सन्जालमा यस्तो कृयाकलाप बढेपछी उर्वशीले उक्त समयमा केही पनि नभएको भन्दै ट्विट गरेकी थिइन् । तर, पनि बोनीको ट्रोल हुन कम भएन । बोनी कपुरको अस्मिता माथी नै प्रश्न लाग्ने ट्रोल बन्न लागेपछी उर्वशीले फेरि ट्विट गरिन् । यस पटक भने उनले ट्रोल गर्नेमाथि नै धावा बोलेकी छिन् ।

उनले ट्विटरमा लेखेकी छिन्–‘मलाई यो कुरामा नराम्रो लागेको छ कि मेरो सामाजिक संजालमा बोनी कपुरसँग जोडिएका ट्रोल मात्र आइरहेका छन् । मलाई बोनी कपुरलाई लिएर नराम्रो लागिरहेको छ कि, मानिसहरु कुनै कुरा लेख्नु अगाडि त्यो मानिसको उचाइको कत्ती पनि ख्याल गर्दैनन् । म सबैसँग आग्रह गर्न चाहन्छु कि, यो काम बन्द गर्नुहोस् ।’

उर्वशीले त्यो समयमा केही पनि नभएको र जे देखियो सब आँखाको भ्रममात्र भएको स्पष्ट पारेकी छिन् ।

For More videos Log on to Mazzako TV