बलिउड सुपरस्टार सलमान खान सँग जो कोही पनि राम्रो सम्बन्ध बनाउन चाहन्छ । यसमा दुईवटा कारण छन् । एक त सलमान ले धेरैलाई ब्रेक दिएका छन् र अर्को उनिसँग दुस्मनी मोलेका हरुको करीयर नै डामाडोल हुने गरेको छ । यो कुरा लाई भारतिय मिडियाहरु चर्चा गर्दै आएका छन् ।

यस बिच पछिल्लो समय चल्तीमा रहेकी नायिका दीपिका पादुकोणसँग सलमानले काम नगर्नु अलि अनौठो पाराले हेरिएको छ । यस कुरा लाई दुई बिचको दुश्मनी नै मानिएको थियो । तर सलमानले एक अन्र्तवार्तामा दीपिका र आफूबीच कुनै दुश्मनी नभएको बताएका छन् । उनले भनेका छन्– ‘हामीबीच कुनै दुश्मनी छैन । दुश्मनी भएर एक साथ काम नगरेको भन्ने कुरा गलत हो ।’

For More videos Log on to Mazzako TV