बलिउडका चर्चित कलाकार रणवीर कपुर र अजय देवगणले एकसाथ काम गर्ने भएका छन् । उनीहरुले यस अघी ‘रन्जित’ चलचित्रमा एकसाथ काम गरेका थिए । उनिहरु लुभ रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा एक साथ काम गर्न लागेका हुन् ।

एक्सन जनरामा रहने उक्त फिल्मको लागी दुई मुख्य कलाकार चयन भए पनि नायिका छनोट भने भैसक्या छैन । फिल्ममा नायिकाको भूमिका निकै शसक्त भएकाले नायिकाको खोजी कार्य धमाधम भईरहेको बुझिन्छ ।

सन् २०२० को अप्रिलसम्म चलचित्रको पोस्ट प्रोडक्सन सक्ने तयारीमा रहेको फिल्म, निर्देशक रन्जनकै लगानीमा निर्माण हुँदै छ ।

For More videos Log on to Mazzako TV