अक्षयको केशरीले छिटो १०० करोडको रेकर्ड राख्यो
बलिउड नायक अक्षय कुमारको मुख्य भूमिका रहेको ‘केशरी’ चलचित्र २०१९ को सबै भन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ । यस फिल्म ले ७ दिनमा नै उक्त आकडा पार गरेको हो । यस भन्दा पहिले ‘गली बोए’, र ‘टोटल धमाल’ले ८ दिनमा सय करोड कमाइ गरेका थिए ।

भारतीय बक्स अफिसमा बिहिबार २१ .०६ करोडको ओपनिङ गरेको चलचित्रले शुक्रबार १६.७५ करोडको कमाई गरेको थियो । चलचित्रले शनिबार १८.७५ करोडको कमाई गर्दा आइतबार भने २१.७५ करोडको कमाई गरेको थियो । चार दिनमै लोभलाग्दो व्यापार गरेको चलचित्रले सोमबारबाट भने भारी गिरावट सहनुपर्यो । सोमबार यो चलचित्रले बक्स अफिसमा ८.२५ करोड कमाइ गर्यो भने मंगलबार ७.१७ करोडको कमाई गरेको थियो । त्यससङ्गै बुधबार ६.५२ करोड कमाइ गर्दैफिल्मले १००.०१ पुर्याएको हो ।
चलचित्रमा अक्षयको साथमा नायिका परिणिती चोपडाको मुख्य भूमिका रहेको छ । यस फिल्मलाई
करण जोहरले निर्माण र अनुराग सिङले निर्देशन गरे हुन् ।








