‘छपाक’मा दीपिकाको बदलिएको स्वरुप
फरक रोल, फरक बिधा र फरक रुपमा आफुलाई प्रस्तुत गर्न सक्नु सफल कालाकारको गहना मानिन्छ । बलिउडमा यस्तो किसिमको प्रयोग पछिल्लो समय बढ्दो छ । एउटै चलचित्रको लागि बषौ सम्म मिहिनेत गर्ने कारण पनि बलिउडका कलाकारहरुको चलचित्र प्रतिक्षित बन्ने गरेको छ ।

नायिका दीपिका पादुकोणले पनि उनको नयाँ चलचित्रका लागि आफूलाई त्यसरी नै परिवर्तन गरेकी छिन् । आजबाट ( मार्च २५ बाट ) छायांकन सुरु भएको चलचित्र ‘छपाक’मा दीपिका एसिड आक्रामणमा परेकी एक यूवतीको भूमिका गर्दैछिन् ।दीपिकाले उनको त्यस किसिमको परिवर्तित रुप सार्बजनिक गरेपछी धेरैको ध्यान खिचेको छ ।
मेग्ना गुल्जारको निर्देशन रहेको चलचित्र सन् २०२०को जनवरी १० बाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV