श्रद्धा-रोहनको बिहेमा शक्ती भिलेन, भन्छन् ५ बर्ष बिहे हुँदैन
बलिउड नायिका श्रद्धा कपूरको बिहेको चर्चाले पछिल्लो समय भारतिय मिडिया र नेपाली मिडियामा निकै स्थान पायो । कारण थियो श्रद्धाले बिहे गर्ने भनिएका रोहन श्रेष्ठ नेपाली मुलका हुन् । उनि बलिउडका चर्चित चलचित्र फोटोग्राफर समेत हुन् । रोहनले श्रद्धाको फोटो सुट गर्ने क्रममा उनिहरुको माया बसेको हल्ला हुँदै आएको थियो । उक्तहल्ला निकै चाडों विवाहमा बदलिने धेरै भारतिय मिडियाले बिश्वास लिएका थिए । दुबै परिवारबाट विवाहको तयारी समेत भईरहेको समाचार समेत आएको थियो ।
तर यस कुरा लाई श्रद्धा र उनका बाबु शक्ती कपुर दुबैले झुटो भएको बताएका छन् । शक्ती कपुरले त एक मिडियामा बोल्दै श्रद्धाले अझै ४-५ बर्ष बिहे गर्ने सोच नराखेको बताए ।

रोहन र श्रद्धा दुबै आफ्नो प्रोजेक्टमा निकै बिजी भएकाले केहि समय लाई विवाह सारिएको बुझिएको छ । रोहन बलिउडमा हाइ-डिमान्डेड फोटोग्राफर हुन् भने श्रद्धाको बाहुबली स्टार प्रभास सँग चलचित्र ‘साहो’ आउने क्रममा छ । र साथमा अहिले उनि बरुण धवन सँग ‘स्ट्रीट डान्सर थ्री डि’को सुटिङमा ब्यस्त छिन् ।
For More videos Log on to Mazzako TV







