बलिउडका चर्चित सेलिब्रिटीहरुको उपस्थितीमा मंगलवार मुम्बईमा ‘जीसीने अवार्ड २०१९’ आयोजना गरिएको छ । आयोजित अवार्डको मुख्य विधामा गतबर्ष रिलिज भएको फिल्म ‘पद्यमावत’ले हात पारेको छ । सोही फिल्मबाट उत्कृष्ट नायिका दीपिका पादुकोणले जितीन् भने उत्कृष्ट निर्देशकको अवार्ड संजयलीला भन्सालीले जिते । उत्कृष्ट नायकको लागि भने रणवीर कपुरले फिल्म ‘सञ्जु’बाट बाजी मारे ।

त्यस्तै, बलिउड सिने जगतमा लामो समयदेखि योगदान दिएको भन्दै नायिका हेमा मालिनीलाई अवार्ड प्रदान गरिएको । त्यस्तै, चलचित्र मार्फत् समाज परिवर्तनमा सहयोग गरेको भन्दै नायिका सोनम कपुरलाई अवार्ड दिइएको थियो ।

कसले कुन क्षेत्रमा अवार्ड जिते तल उल्लेख छ ।

उत्कृष्ट निर्देशक – संजयलीला भन्साली – पद्मावत

उत्कृष्ट नायिका – दीपिका पादुकोण – पद्मावत

उत्कृष्ट नायक – रणवीर कपुर – सञ्जु

उत्कृष्ट नायक (दर्शक रोजाई) – रणवीर सिंह – पद्मावत

उत्कृष्ट सह अभिनेता – विक्की कौशल – सञ्जु

उत्कृष्ट सह अभिनेत्री – कट्रिना कैफ – जीरो

उत्कृष्ट अभिनय – आयुश्मान खुराना

उत्कृष्ट डेब्यु अभिनेता – इशान खट्टर – धडक

उत्कृष्ट डेब्यु अभिनेत्री – जान्वी कपुर – धडक

उत्कृष्ट खलपात्र – तब्बु – अन्धाधुन

उत्कृष्ट हाँस्यकलाकार – कार्तिक आर्यन – सोनु के टिटु कि स्विटी

उत्कृष्ट गायक – यस्सेर देसाई – नौनो ने बाधी – गोल्ड

उत्कृष्ट गायिका – विभा सरफ र हर्षदीप कैर – दिलबारो – राजी

उत्कृष्ट डेब्यु निर्देशक – अमिर कौशिक – स्त्री

उत्कृष्ट करियोग्राफी – घुमर – पद्मावत

उत्कृष्ट संवाद – पंकज त्रिपाठी – स्त्री

उत्कृष्ट भिएफएक्स – जीरो

For More videos Log on to Mazzako TV