जोनलाई पापाराजीले पछ्याउँदा दिक्क लाग्छ
बलिउडका ह्यान्ड्सम नायक जोन अब्राहम अहिले आफ्नो फिल्म ‘रोमियो अकबर वाल्टर’ को प्रमोशनमा व्यस्त छन् । फिल्म प्रमोशनको क्रममा उनले आफ्नो केहि निजी जीवनको बिषयमा खुलाएका पनि छन् । त्यसै क्रममा एउटा कलाकारको निजी जिवनमा मिडियाको दखल आफुलाई मननपर्ने बताए ।

जोन भन्छन् – ‘जब म मेरो परिवारसँग समय बिताइरहेको हुन्छु, यस्तो समयमा कसैको हस्तक्षेप मलाई मन पर्दैन । एउटा सेलिब्रेटी भयो भन्दैमा उसको व्यक्तिगत जिवनमा कुनै क्षेत्रबाट पनि पापाराजी सही नहुने बताए । उनि भन्छन ‘मलाई पापाराजी मन पर्दैन । व्यक्तिगत जीवनमा पापाराजीले पछ्याउँदा मलाई दिक्क लाग्छ ।’