सलामान लाई एउटै फिल्मको नामले दियो यती तनाब
सलमान खानका ज्वाई आयूष शर्माको डेब्यु फिल्म ‘लवरात्री’, नाम कै कारणले निकै झमेला पायो । यस फिल्मको निर्माण गरेका सलमानले हिन्दूवादीहरुको आपत्ति पछि ‘लवरात्री’ लाई लवयात्री बनाउने निर्णय गरे । तर, यति गर्दा पनि उनले सुख पाएका छैनन् ।
गुजरातको उच्च अदालतले सलमानको प्रोडक्सन कम्पनीलाई नोटिस पठाएको छ । सो अदालतमा दुई हिन्दू संगठनले सलमानको फिल्मलाई प्रतिवन्ध लगाउनुपर्ने मागसहित मुद्दा दिएका थिए । त्यसपछि अदालतले गुजरात सरकार र सेन्सर बोर्डलाई पनि चिठी पठाएको छ ।

यसबाट सलानको फिल्म गुजरातमा प्रदर्शन नहुने सम्भावना बढेको छ । यसअघि सञ्जय लिला भन्सालीको फिल्म ‘पद्मावत’ पनि यस्तै विवादमा मुछिएर गुजरातमा प्रतिबन्धित बनेको थियो ।
प्रेमकथामा आधारित फिल्ममा नवरात्रीको प्रसंग पनि छ र फिल्मलाई नवरात्रीकै सेरोफेरोमा प्रदर्शन गर्ने तयारी छ । हिन्दूवादीहरुले भने फिल्मले नवरात्रीको सम्म मान मा ठेस पुग्ने दावी गरेका छन् ।
For More videos Log on to Mazzako TV







