केहि महिना अगाडि पेरिसमा वन्दुकधारीबाट लुटिएपछि चर्चित रियालिटी स्टार किम कार्दशियनको जीवन सुस्ताएको थियो ।
kim-kardashian
वन्दुकधारीले उनलाई पेरिसमा रहेको उनको अपार्टमेन्टमै वन्धक बनाएर गहना लुटेका थिए । सो घटनापछि किम निकै तनावमा थिइन् । तर, अब उनी विस्तारै सामान्य जीवनमा फर्किएकी छिन् ।

किम केहि हप्ता अगाडि सामाजिक संजाल र आफ्नो व्यापारमा फर्किएकी थिइन् । अब, उनी बाहिरी दुनियाँमा पनि हिड्न थालेकी छिन् । निकै फाटेको जिन्स पाइन्टमा किम लन्च मिटिङमा पुगिन् ।

३६ बर्षकी यी स्टार अब भने फ्रेस देखिएकी छिन् । परिवार र श्रीमान्को साथ पाएपछि किम बाहिरी दुनियाँमा घुम्न थालेकी हुन् ।

For More videos Log on to Mazzako TV