‘प्यारिस हमलाका मुख्य योजनाकारको मृत्यु’
काठमाडौं । फ्रान्सका अधिकारीहरुले भर्खरै घोषणा गरे अनुसार गत शुक्रबार भएका प्यारिस हमलाहरुको मुख्य योजनाकार ठानिएका व्यक्ति अब्देलहमीद अबाउद, हिजो भएको प्रहरी कार्वाहीमा मारिएका छन्।
सरकारी वकिलले बताए अनुसार अबाउदलाई उनको औंठा छापको आधारमा औपचारिक रुपमा नै पहिचान गरिएको थियो।
हिजो प्रहरीले प्यारिसको उपनगरीय क्षेत्रमा अवस्थित एउटा भवनमा गरेको कार्वाहीका क्रममा गोलीहरु लागेको उनको शव फेला परेको थियो।-बीबीसी
For More videos Log on to Mazzako TV