गाउँमा रोजगारीको समस्याका कारण बैदेशीक रोजगारीमा पुग्दा भोग्नुपरेको दुख, कष्टलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको चलचित्र ‘कोशेढुङ्गा’ले बलियो माउथ पब्लिसिटी पाइरहेको छ । भदौ १२ गतेबाट प्रदर्शनमा आएको कोशेढुङ्गा हेरेका अधिकांश दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

चलचित्रको बिशेषगरी कथावस्तु र मेकिङ पक्षको तारिफ भइरहेको छ । कलाकारहरुको बेजोड अभिनयका कारण पनि धेरै दर्शकको मन जितिरहेको बुझन् सकिन्छ । पछिल्लो साता नेपाली चलचित्र बजारमा घरेलु र बिदेशी गरी १० चलचित्र प्रदर्शनरत छन् । त्यो भिडमा ‘कोशेढुङ्गा’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउनुलाई निर्माण पक्षले सुखद पक्ष भनेको छ । इतिहास रचित चलचित्र पूर्ण बहादुरका सारंगीका निर्देशक सरोज पौडेल निर्देशीत यो चलचित्र हेरेर हलबाट निस्किदै गर्दा बिशेषगरी बैदेशीक रोजगारीमा गएका युवाको कथाले मन छोएको प्रतिक्रिया धेरै आएको देखिन्छ । नेपालमा अधिकांश घरधुरीबाट युवाहरु बिदेशमा रहेको समयमा कोशेढुङ्गाले सोहि बिषयवस्तुलाई उठान गरेकाले दर्शकको मन जितेको बुझ्न सकिन्छ ।

चलचित्रमा कलाकारहरु आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, निती शाह, मन्जिल कुमार, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको मुख्य भूमिका छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा पनि वितरण गरेको छ । बलियो माउथ पब्लिसिटीकै कारण आज शनिबार पनि बिभिन्न हलहरु हाउस फुल छन् ।

For More videos Log on to Mazzako TV