‘दाल भात तरकारी’ ‘एन्टिबायोटिक खाउँला’ (भिडियो)
यहि बैशाख २० गतेबाट रिलिज हुने कमेडी जनराको फिल्म ‘दाल भात तरकारी’ को आइटम गीत रिलिज भएको छ । ‘एन्टिबायोटिक खाउँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की प्रस्तुत छिन् । प्रियंकालाई नृत्यमा बोल्ड देखाइएको छ भने साथमा शिवहरी पौडेल, रविन तामाङलाई पनि देख्न सकिन्छ ।

गीतमा संगीत सम्भुजित बाँस्कोटाको छ भने हरिवंश आचार्यको शब्दमा स्वर मीना निरौलाले भरेकी छिन् । रिकेश गुरुङको एरेञ्ज छ । सुदन केसीको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रयिंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत लगायत लिड अभिनयमा छन् ।








