अमृत र करुणा‘पिरतीको गाउँ’मा रमाउँदै(भिडियो)
नेपाली चलचित्र ‘सय कडा दश’को ‘पिरतीको गाउँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा स्वप्न सुमन र त्रिशला गुरुङको स्वर छ भने रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । भिडियो लाई कोरियोग्राफी दिलिप ओखेडाले गरेका हुन् । यो गीतमा चलचित्रका मुख्य ३ कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपानेलाई फिचरिङ गरिएको छ ।

रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राज्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सन्जिव न्यौपानेले मिलेर बनाएका हुन् ।चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेलको मुख्य भूमिका छ । चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ ।








