सामाजिक संस्थाको शरणमा पुगेका कलाकार मैनालीले बिहे गरे
अपाङ्गता भएपछि एक्लो महसुश गर्दै केही महिना अगाडी सामाजिक संस्था पवित्र समाज सेवा नेपालको शरणमा पुगेका कलाकार पवन मैनालीले विवाह गरेका छन् । गत बैशाख ११ गते दोलखाकी ३० बर्षिय लक्ष्मी शिवोकोटीसँग कलाकार मैनालील विवाह गरेका हुन् ।
पवित्र समाज सेवा नेपालकी सञ्चालक दिक्षा चापागाईंले विवाह पछि कलाकार मैनाली कपन घरमा बस्दै आइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘केटी हेर्न भनेर जानु भएको थियो बिहे नै गर्नु भएछ । बिहेपछि घरमै बस्दै आउनु भएको छ । गएपछि एकपटक फोन गर्नु भएको थियो । आउँछु भन्दै हुनुहुन्थ्यो ।’ परिवारको राजी खुसीमा कलाकार मैनालीले विवाह गरेको दिक्षाले बताइन् । कलाकार मैनालीको घरमा आमा बुवा र भाई बुहारी छन् । सामाजिक संस्थाको शरणमा पुगेपछि कलाकार मैनालीसँग गरिएको कुराकानी हेर्नुस् :
For More videos Log on to Mazzako TV