एक सय भन्दा फिल्महरुमा अभिनय गरेका कलाकार पवन मैनाली केही सातादेखि सामासेवी दिक्षा चापागाँईको समाजिक संस्था पवित्र समाज सेवाको संरक्षणमा छन् । काठमाडौको कपनमा आफ्नै घरमा आमा, बुवा र भाई बुहारीसँग बस्दै आइरहेका अशक्त कलाकार मैनाली कसरी पुगे सामाजिक संस्थाको शरणमा ? यो भिडियो हेर्नुस् :

किन पुगे त कलाकार मैनाली सामाजिक संस्थाको शरणमा ? उनी भन्छन्, ‘आफुले गर्दा अरुलाई गाह्रो भयो । त्यसैले दिक्षालाई फोन गरेर यहाँ आएँ ।’ उनले अबको बाँकी जीवन सोही संस्थामा बिताउने समेत बताए । सय बढी फिल्म सहित दर्जन बढी टेलिफिल्म र नाटकमा समेत अभिनय गरेका कलाकार मैनाली कराँतेका ब्ल्याक बेल्टधारी खेलाडी हुन् ।

pawan-mainali-dikshya-chapaguin

कलाकार मैनाली र दिक्षा चापागाँई ।

एक दशक पहिले बाइक दुर्घटनामा परेका उनको शरीरको एक भाग नचल्ने अवस्थामा छ । सोही अवस्थामा उनले निर शाहको ‘सेतो बाघ’ फिल्ममा अभिनय गरेका छन् । उनी अविवाहित छन् । किन भएन त विवाह ? ‘खै के मिलेन ?’ उनी भन्छन् ।

For More videos Log on to Mazzako TV