आफ्नो केमियो रोल रहेको फिल्म ‘झुम्की’ हेर्न निर्देशक निश्चल बस्नेत बिहिबार साँझ कमलपोखरीको बिग मुभिजमा पत्नी स्वस्तिमा खड्का सहित पुगेका थिए । तर प्रिमियरमा पाहुनाको उपस्थिति बाक्लो भएपछि निश्चल भुइँमा बस्न बाध्य भए । भाग्यवश पत्नी खड्काले भने सिट पाइन् ।

nischal-basnet-with-his-wife2

निश्चल स्वस्तिमा बसेको सिट छेउको भुइँमै बसेर फिल्म हेरिरहेका थिए । स्वस्तिमा सिटमा र निश्चल भुइँमा बसेर ‘झुम्की’ हेरेको दृश्य हेर्न लायकको थियो । उनीहरुको यो दृश्य नियाली रहेकाले भने भन्दै थिए, ‘यो हो नि श्रीमानको सच्चा प्रेम ।’

nischal-basnet-with-his-wife1

सेलिव्रेटी निर्देशक नै भुइँमा बसेर फिल्म हेरेको देखेपछि आयोजक सदस्यले सिट खाली गराएर निश्चल र स्वस्तिमा दुवैलाई सारेका थिए । फिल्म सकिएपछि पनि उनीहरुले ढुक्कसँग फोटो खिचाए । गत साल उनीहरुको बिहे भएको थियो ।

nischal-basnet-with-his-wife

For More videos Log on to Mazzako TV