‘कबड्डी कबड्डी’, पावर कि टावर ठुलो ? (भिडियो)
मज्जाको अनलाईन, मसिंर ३ गते विहिबार, २०७२, काठमाण्डौं ।
‘हैट, ग्वाम्मै जुठो हाल्यो त ?’ आजकाल प्राय युवामाझ निकै लोकप्रिय डाईलग हो यो । मंसिर ११ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी’मा समावेश गरिएको यो डाईलग मात्र होईन यसका अन्य पक्षहरुको विश्लेषण गर्दा चलचित्रले दर्शकको मन जित्न सक्ने अडकल काट्न सकिन्छ ।
चलचित्रको पावर कि टावर ठुलो ?
चलचित्रमा यस्ता कलाकारहरुको बाहुल्यता छ, जसलाई नेपाली दर्शकले निकै मन पराएका छन् । यसअघिको सिरिजमा रुचाईएका दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, रिश्मा गुरुङ्ग, बिजय बराल त छन नै साथमा ‘हाकु काले’को रुपमा निकै मन पराईएका सौगात मल्ल पनि यसपाली यो टिममा देखिएका छन् । त्यस्तै नायिका प्रियंका कार्की र निर्देशक निश्चल बस्नेतलाई पनि चलचित्रमा सरप्राईज प्याकेजका रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्र दर्शकको लागि अपेक्षित बनेको छ भन्ने कुराको पुष्टि चलचित्रको ट्रेलरलाई रुचाईबाट पनि प्रष्ट हुन्छ । हालसम्म चलचित्रको ट्रेलरलाई साढे पाँच लाख पटक भन्दा बढी पटक युट्युबमा हेरिएको छ । रोमान्टिक कमेडी सहितको सोसियल ड्रामा चलचित्र ‘कबड्डी कबड्डी’ यसको पहिलो श्रंखला हेर्ने ले त पक्कै पनि हेर्छन् नै साथमा चलचित्रमा सौगातको इन्ट्री अनि माउथ पब्लिसिटीले पनि दर्शकको ओईरो लाग्ने निश्चितप्राय: छ । राजनितिक बिषयबस्तुलाई कथामा प्रस्तुत गरेर कमेडी पनि सँगै यो चलचित्रले प्रस्तुत गर्नेछ । काजीको सोल्टिीनी मोह भित्र घुमेको परिवेश र कथानकसँगैका रमाईला डाईलगहरु चलचित्रका स्ट्रेन्थका रुपमा हेर्न सकिन्छ । चलचित्रको निर्देशन यसअघि हिट भईसकेको ‘कबड्डी’ निर्देशक राम बाबु गुरुङ्गले गरेका हुन् भने निर्माता रौनक बिक्रम कडेल र सुनिल चन्द रौनियार हुन् । चलचित्रमा निश्चल बस्नेत कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
अल नेपाल ग्रान्ड रिलिज गर्न लागिएको यो चलचित्रको प्यारोडी प्रचार सामाग्रीले पनि सामाजिक सञ्जालमा चलचित्रलाई लिएर सकारात्मक प्रतिक्रियाहरु प्राप्त भईरहेका छन् । बोलिचालिको भाषमा भएका डाईलगहरु धेरैको मुखमा झुन्डिएको पाउन सकिन्छ । चिया पसल, बस स्टप देखि स्कुल कलेजमा पनि युवाहरु यिनै डाईलगहरु बोलिईरहेको देखिन्छ ।
यस्ता छन् चलचित्रका १० हिट डाईलगहरु :-
१. ‘हो….ठ्याक्कै बेहुलो जस्तो देखिएको छ दाई’,
‘त्यसो भए हिड न त बेहुली लिन’
२. ‘फुलचाही लानु पर्दैन ?’
‘डेटिङ्गमा हिडेको हो र ? मिडिङ्गमा हिडेको’
३. ‘यो राजनितिमा प्रेम चाही घुसाउनै नहुने कुरो हो ।’
‘हैन, पार्टी त उतैको गतिलो छ जस्तो छ दाई, पार्टीको चिन्है राम्रो…चरीको’
४. ‘साग काउली खानेहरुको छालै चम्किलो’
५. ‘धेरै कर नगर सोल्टिीनी लभ पर्ला नि फेरी’
६. ‘सोल्टिीनीसँग एक सेल्फी झ्याप्प लिईहाल्नुपर्यो’
‘पर्दैन मलाई लाज लाग्छ’
‘लजाएको फोटो र राम्रो आँउछ नि सोल्टिनी, मुख चुच्चो पार त अलिकति’
७. ‘तपाईलाई छोरा मन पर्छ कि छोरी ?’
‘छोरा कि छोरी चाही अहिले ग्यारेन्टी दिन सक्दिन’
८. ‘त एकछिन दर्शक भएर त्यही बस डाईलग बाँकी छ मेरो’
९. ‘तेरो पावर होईन टावर मौ ठुलो छ ‘
१०. ‘हैट् ग्वाम्मै जुठो हाल्यो त’
For More videos Log on to Mazzako TV