मज्जाको अनलाईन, असार १० गते, विहिबार, २०७२, काठमाण्डौं ।

Tanka 2

‘हिम्मतवाली’ चलचित्रबाट चर्चाको शिखरमा रहेका संगीतकार टंक बुढाथोकीले थारु भाषाको गीत तयार पारेका छन् । उनी स्वयंले गाएको ‘ओए लब्ली तोहार रुप के जादू कैसन हो यार’ बोलको गीतको यतिबेला धमाधम म्युजिक भिडियो छायांकन भईरहेको छ । गीतमा शब्द प्रकास मिश्रको छ । यसअघि ५ वटा राजवंशी भाषको एल्बममा संगीत गर्न भ्याईसकेका संगीतकार बुढाथोकी कार्यक्रमको शिलशिलामा कैलालीको पहलमानपुरमा पुग्दा त्यहीको लवजलाई टिपेर गीत बनाएको बताएका छन् ।

Tanka 4

यतिबेला कैलालीमा छायांकन भईरहेको गीतको अडियो पहिल्यै कैलाली र आसपासमा निकै हिट भईसकेको छ । गोविन्द मुखियाको निर्देशनमा बन्दै गरेको यस भिडियोमा नरेश योगी, सुजना ढकालले अभिनय गरेका छन् । भिडियोलाई सतिश सिन्हाले खिचेका हुन् ।

Tanka 3

‘संगीतमा सधै नयाँ गरौ भन्ने मलाई लाग्छ, त्यही भएर पनि यसपाली थारु गीत गरेको छु’, संगीतकार बुढाथोकीले भने, ‘गीतको अडियोलाई जसरी स्रोताले रुचाउनु भएको छ भिडियोलाई पनि रुचाउनुहुनेछ भन्ने अपेक्षा छ’ । त्यस्तै, टिपिकल थारु परिवेशमा छायांकन गरिईरहेको यस गीतको भिडियोबाट आफुले पनि निकै आशा राखेको निर्देशकले बताए । तीन दिनको छायांकन सेड्युल सहित फ्लोरमा निक्लिएको भिडियो सुटिङ्ग युनिटले हप्ता दश दिनमा भिडियो सार्वजनिक गरिने पनि जानकारी गराएको छ ।

Tanka 5

For More videos Log on to Mazzako TV