मज्जाको अनलाईन, असार १० गते, विहिबार, २०७२, काठमाण्डौं ।

3

‘ब्याक टु ब्याक’ चलचित्र बनाएर एक समयमा ‘फिल्म मेसिन’ भनि चिनिएका चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेत अब चलचित्र मात्रै होईन भिडियो निर्देशन तर्फ पनि लागेका छन् । अरु भिडियो बनाएर चलचित्र बनाउन तर्फ लाग्छन्, उनी भने चलचित्र बाट अब भिडियोतर्फ आएका छन् । ‘किन त शोभितजी ?’ उनले भने, ‘गीत राम्रो लाग्यो त्यसैले भिडियोको निर्देशन गर्न तर्फ पनि लागेको हुँ’ । गीतमा शब्द रंगपत्रकार रबि अधिकारीको छ भने टंक बुढाथोकीको स्वर तथा संगीत रहेको छ ।

2

यसै साता एक म्युजिक भिडियोमा मोडलिङ सुटिङ्ग गरिएको हो । काठमण्डौ, दामन, पालुङ लगायतको रमणिय स्थानमा खिचिएको ‘मेरो भागको खुशी नि तिमीलाई मिलोस्’ बोलको यस गीतमा रंगपत्रकार रबि अधिकारी र सुजाना ढकालले अभिनय गरेका छन् । रवि र सुजानासँगै बिक्रम कँडेल पनि भिडियोमा छन । भिडियोलाई कृष्ण श्रेष्ठले खिचेका हुन । चाडै रिलिज गरिने यस गीति भिडियोलाई फिल्मी शैलीमा निकै मेहनतको साथ खिचिएको निर्देशकको भनाई छ ।

1

For More videos Log on to Mazzako TV