मज्जाको अनलाईन, असार ६ गते, आईतबार, २०७२, काठमाण्डौं ।

गत बैशाख १२ गतेको महाभूकम्प तथा त्यसपछिका निरन्तर पराकम्पबाट क्रसित एवं भयभित धादिङका भूकम्पपिडीतको त्रासलाई कम गर्न कलाकारहरुले उनीहरुमाझ पुगेर मनोरञ्जनात्मक सांस्कृतिक थेरापी प्रस्तुत गरेका छन्।

IMG_2506

गीत संगीत तथा अभिनयका विभिन्न विधाका कलाकारहरुले शनिबार धादिङको जीवनपुर पुगेर त्यहाँ जम्मा भएका भूकम्पपिडितहरुमाझ मनोरञ्जनपूर्ण कार्यक्रम प्रस्तुत गरेर भूकम्पका कारण उनीहरुमा विद्यमान मानसिक त्रास हटाउने कोशिष गरे। चलचित्रका नायक नायिकादेखि सानो पर्दाका हास्य कलाकारहरुका साथमा गायक गायिकाको जम्बो टोलीले जीवनपुर पुगेर त्यहाँका भूकम्पपिडितको मुहारमा मुस्कान छरेका थिए।

IMG_2379

स्थानिय श्री महेशधर्म उमावि र श्री महादेवस्थान माविद्धारा बद्रीटार चौरमा आयोजित कार्यक्रममा कलाकारहले गीत संगीत, नृत्य र हास्य प्रस्तुति पस्केका थिए। हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीद्धारा क्यारिकेचर र जादु प्रदर्शनका साथ सञ्चालित कार्यक्रममा नायिका तथा मोडल बिनु खड्काले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने नायक शुशान्त कार्कीले नायिका सारिका घिमिरेका साथ विभिन्न लोक, आधुनिक तथा फिल्मी गीतमा आप्mनो खुला शरीर र टाउकोमा ट्युबलाईट फुटालेर र छातीमा मैनबत्तीको मैन चुहाउँदै जोखिमपूर्ण साहसी नृत्य प्रस्तुत गरेका थिए।

IMG_2749

त्यसैगरी आयोजक स्कुल महादेवस्थान माविका विद्यार्थीले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए। गायक खगेन्द्र श्रेष्ठ, मोडल, गायक, कलाकार तथा म्युजिक भिडियो निर्देशक दुर्गेश थापा र गायिका सिर्जना खत्रीले गीत गाएका थिए।

123

विभिन्न हास्य प्रस्तुतिका साथ दुई गीत गाएर दर्शकको मन जितेका हास्य कलाकार किरण केसीले जादुसमेत देखाएका थिए भने शिवहरि पौडेलले गीत संगीत क्षेत्रको विकृतिविरुद्ध तिखो व्यग्य गर्दै विभिन्न हस्यौली प्रस्तुत गरेका थिए। कलाकार मनोज आचार्य र विनोद केसीले पनि गीत संगीतलाई नै हास्य व्यग्यको विषय बनाएका थिए भने केदार घिमिरे र सुरेन्द्र केसीले विविध विषयमा हस्यौली प्रस्तुत गरेका थिए। सबै कलाकारको प्रस्तुतिमा भूकम्पले आत्तिएको मनलाई शान्त पार्ने कोशिष थियो भने उनीहरुले भूकम्पबाट नआत्तिन तर सजग हुन प्रेरित गरेका थिए।

IMG_2798

For More videos Log on to Mazzako TV