मज्जाको अनलाईन, असार ६ गते, आईतबार, २०७२, काठमाण्डौं ।

लामो समयदेखि यूकेमा बस्दै आएका पूर्व ब्रिटिस आर्मी कृष्ण तुलाचनले रचना गरेको ‘हाम्रो दाना गाउँ’ बोलको गीतको म्युजिक भिडियो राजधानीमा सार्वजनिक भएको छ । वरिष्ठ गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरेका हुन् ।

Cover

दुर्गा परियारको स्वरमा सजिएको गीतमा भागिर सुशलिन मगर र प्रकाश सपुतको संगीत रहेको छ । भोज गुरुङले निर्देशन गरेको भिडियोमा खिम गुरुङको छायांकन, दिलिप रानामगरको कोरियोग्राफी र बालटासी गुरुङको सम्पादन रहेको छ । भिडियोमा यशोदा पुर्जा, करुणा तुलाचन, कल्पना श्रीपाल र कुमारी गुरुङलगायतले फिचरिङ गरेका छन् । भिडियोलाई मुनाल फिल्मस्ले निर्माण गरेको हो ।

भिडियोमा म्याग्दी र मुस्ताङको सीमानामा रहेको दाना गाउँका रमणीय दृश्यलाई प्रस्तुत गरिएको छ । यसबाहेक भिडियोमा विश्वकै सबैभन्दा गहिरो अन्ध गल्छी र दाना गाउँमा रहेको रुप्से छहरालाई पनि देख्न पाईन्छ ।

For More videos Log on to Mazzako TV