मज्जाको अनलाईन, असार ५ गते, शनिवार, २०७२, काठमाण्डौं ।

चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष राजकुमार राईलाई शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपाल चलचित्र पत्रकार संघले सम्मान गरेको छ ।चलचित्र संघका पदाधिकारीहरुले अध्यक्ष राईलाई खादा र माला लगाएर सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै राईले चलचित्र पत्रकार संघसँग विकासबोर्ड सदैव सहकार्य गर्न तत्पर रहेको कुरा ब्यक्त गरेका छन् ।

IMG_8705

कार्यक्रममा बोल्दै राईले चलचित्र पत्रकारहरुले पुर्वाग्रही भएर कहिल्यै कलम चलाउन नहुने बताएका छन् । ‘कसैको अनुहार मन पर्ने र नपर्ने भन्दै समाचार नलेखिदिनु होला, मैले गलत काम गरेको छु भने तपाईहरु मलाई गाली गर्नुस्, म सहर्ष स्वीकार्छु’ राईले भने । उनले बक्स अफिस संचालक समितिमा एक जना चलचित्र पत्रकारलाई पनि प्रतिनिधिको रुपमा राख्ने बताएका छन् ।

IMG_8723

आफ्नो मुख्य काम चलचित्रको वितरण र प्रर्दशनमा देखिएको अन्यौललाई चिर्दै बक्स अफिस प्रणाली लागू गर्नु भएको उनले बताएका छन् । उनले भने, ‘वितरक र प्रर्दशक साथीहरुलाई हामी कन्भिन्स गर्ने कोशिषमा छौ, यदि कन्भिन्स भएनन् भने राज्यले निर्णय लिन्छ, बक्सअफिस सिष्टम जुनसुकै हालतमा लागू हुन्छ’ ।

IMG_8721

त्यस्तै चलचित्र नीति कार्यन्वयनको क्रममा रहेको तथा राज्यले कलाकारहरुको अभिलेख राख्ने कार्यमा निकै अन्योल रहेकोमा अहिले क्रमश सहज बातावरण बन्दै गएको पनि उनले जानकारी गराएका छन् । पुरस्कार र सम्मान वितरणमा अब सहज हुने पनि उनले जानकारी गराएका छन् ।

For More videos Log on to Mazzako TV