चलचित्र ‘जंगबहादुरको कोट’ले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ ।  अब १६ वर्ष भन्दा मुनिका बालबालिकाले आफ्ना अभिभावकलाई साथमा मात्र सिनेमा हेर्न पाउने भएका छन् ।

jangabahadur-ko-coat

‘जंगबहादुरको कोट’मा द्धन्द्धका केही डरलाग्दा दृश्यहरु पनि रहेका कारणले सेन्सरले यो चलचित्रलाई ‘पिजी सर्टिफिकेट’ उपलब्ध गराएको हो । ‘खड्का एण्ड सन्स सिने इन्टष्ट्रिज’को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

चलचित्र ‘जंगबहादुरको कोट’मा अनुप बराल, बिमलेश अधिकारी, सुचित्रा अचार्य, विश्व बस्नेत, सौभाङगी कोइराला लगायतको अभिनय छ । चलचित्रमा नायिका नन्दिता केसीले आइटम गीत पनि हेर्न पाईनेछ । अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको यस सिनेमालाई योगेन्द्र खड्का, जयन्द्र खड्का, तथा देवी शिवाकोटी मिलेर बनाएका हुन् ।

https://youtu.be/5qcpG1-FY1s

For More videos Log on to Mazzako TV