मज्जाको अनलाईन, जेठ ३२ गते, २०७२ ।

‘बलिउड क्वीन’ कंगना रनोट र इमरान खान अभिनित नयाँ चलचित्र ‘कट्टी बट्टी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै यतिबेला ट्वीटरमा पनि यो प्रचार सामाग्री खुब छाएको छ ।

Kangna

चलचित्र ‘कट्टी बट्टी’मा कंगना ‘पायल’को रुपमा प्रस्तुत भएकी छिन् भने इमरान ‘मैडी’को रुपमा देखिनेछन् । ट्रेलरमा देखाईए अनुसार ‘पायल’ र ‘मैडी’ पाँच बर्ष सँगै ‘लिभ इन रिलेसनसिप’मा बसेपछि ‘ब्रेकअप’ लिन्छन् । फिल्मको ‘क्लाईमेक्स’ ‘प्रिडिक्टेबल’ झै लागेपनि चलचित्र भित्र मनोरञ्जनका सबै खुराकहरु रहेको निर्माण युनिटले जानकारी दिएको छ ।

फिल्मको ट्रेलरमा ‘वार्निङ्ग’ नै दिएर यो ‘लभ स्टोरी’ होईन भनेर पनि देखाईएको छ । ‘लभ स्टोरी’ होईन भने यो कस्तो चलचित्र हो त ? त्यो थाहा पाउन भने फिल्म रिलिज नभईन्जेल सम्म कुर्नै पर्छ । ‘कट्टी बट्टी’ सेप्टेम्बर १८ मा रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV