मज्जाको अनलाईन, जेठ ३१ गते आईतबार, २०७२, काठमाण्डौं ।

महाभुकम्पको कारणले प्रभावित भएकाहरुको सहयोगार्थ ‘खोटाङ हलेसी साँझ ३’ हुने भएको छ । ‘खोटाङ समाज हङकङले’ खोटाङमा साङ्गीतिक कार्यक्रम गर्न लागेको जानकारी आफ्नो फेसबुकबाट गराएको हो ।

Rai is King

‘खोटाङ समाज हङकङले’ ‘दैबि प्रकोप विपद अक्षयकोष निर्माणार्थ ‘खोटाङ हलेसी साझ–३’ यहि १६ अगस्ट २०१५ मा गर्ने भएको हो । सो कार्यक्रममा चर्चित गायक राजेश पायल राईको बेजोड प्रस्तुती रहने बताईएको छ । त्यस्तै सो कार्यक्रममा संगीतकार महेश खड्का, गायिका ज्योति मगर, मेनुका राई, हास्यकलाकार सैलेन्द्र सिम्खडा, गायक सचिन राई संगै स्थानीय नृत्यहरुको  पनि प्रस्तुती रहनेछ ।

Khotang Halesi Sanjh

महाभुकम्पमा परेर थला परेको खोटाङलाई सानै रुपमा भय पनि दीर्घकालिन केहि सहयोग गर्ने उदेश्यका साथमा खोटङ समाज हङ्गकङ्गले कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जानकारी गराएको छ ।।

For More videos Log on to Mazzako TV