मज्जाको अनलाईन, जेठ २६ गते, मंगलबार २०७२, काठमाण्डौं ।

IMG_8545

बैशाख १२ गते नेपालमा गएको महाभुकम्पको सम्झना गर्दै पैतालिसौ दिनमा कलाकार ज्योती प्रकाशले पेन्टिङ्ग ११.५६ तयार पारेका छन् । सोमबार बसन्तपुरमा ठीक ११ बजेर ५६ मिनेट जादाँ ज्योतिले पेन्टिङ्ग बनाउन सुरु गरेर ३ बजेर ५६ मिनेटमा सकेका हुन् । बैशाख १२ गतेको ७ दशमलब ८ रेक्टर स्केलको भुकम्पको सम्झनामा चार घण्टामा तयार पारिएको यो पेन्टिङ्ग ७ दशमलब ८ मिटर लामो छ ।

IMG_8376

‘अब बिपदबाट बिकासमा अघि बढ्नु पर्छ भन्ने सन्देश पेन्टिङ्गले दिनेछ’, कलाकार ज्योती प्रकाशले भने, ‘ऐतिहासिक सम्पदाहरुलाई बचाईराख्नु पर्ने अहिलेको आवश्यकता हो, सोही कुरालाई पेन्टिङ्गको माध्यमबाट देखाउन खोजिएको छ’ । साथै सो पेन्टिङ्गमा भुकम्पमा परि ज्यान गुमाउनेहरु प्रति पनि हार्दिक श्रदाञ्जली ब्यक्त समेत गरिएको छ ।

IMG_8413

ज्योती प्रकासले तयार पारेको यो पेन्टिङ्गको मुल्य १० लाख रुपैया राखिएको छ । पेन्टिङ्ग विक्रीबाट प्राप्त हुने रकम भुकम्प पिडितहरुका लागि प्रधानमन्त्री राहत कोषमा जाने पनि कलाकार ज्योतीले बताएका छन् । लाईभ पेन्टिङ्ग नाम दिईएको सो कार्यक्रमको आयोजना इको होटलले गरेको थियो ।

IMG_8428

चार घण्टामा उनले यसरी तयार पारे पेन्टिङ्ग, हेरौ भिडियो ।

For More videos Log on to Mazzako TV