मज्जाको अनलाईन, जेठ २६ गते मंगलबार, २०७२, काठमाण्डौं ।

baja

चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष राजकुमार राईले सोमबार नयाँ जिम्मेवारीका साथ विकासबोर्ड प्रवेश गरि पदवहाली गरेका छन् । दौरा सुरुवाल र टोपीमा सजिएर दिउसो ४ बजे बिकास बोर्ड पुगेका राईलाई स्वागत गर्दै झ्याम्टा र ढोल बजाईयो । उनको स्वागत गर्न नेपाली चलचित्र क्षेत्रका नयाँ देखि पुराना धेरै कलाकारहरु, प्राविधिक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार तथा उनका आफन्तहरुको बिकास बोर्डमा निकै बाक्लो उपस्थिती रहेको थियो । उनलाई कलाकारहरु र बोर्डका कर्मचारीहरुले फुलमाला र खादा ओढाएर सफल्ताको शुभकामना दिए ।

samma

सोमबार पदवहाली सँगै आफ्नो कार्यकक्षमा गएर हाजिर पुस्तिकामा हाजिर समेत गरे । हाजिर पश्चात बिकास बोर्डमै आयोजना गरिएको बिशेष कार्यक्रममा बोल्दै राईले चलचित्रकर्मीहरुले आफुप्रति देखाएको साथ र भरोसा कहिल्यै नतोड्ने, सदैव नेपाली चलचित्रको हक हितको लागि आफु काम गर्ने बताए ।

rajkumar-rai

‘अहिलेको मेरो मुख्य काम भनेको चलचित्र क्षेत्रमा बक्स अफिस, हल र सिनेमाको बर्गिकरण सिष्टम लागू गर्नु हो’, राईले भने, ‘म सम्पुर्ण चलचित्र क्षेत्रको मानिस हुँ, मलाई निर्माता संघको मान्छे भनेर मात्रै नसोचिदिन आग्रह गर्दछु, सबैसँग मिलेर काम गर्न चाहन्छु’ । उनले प्रत्येक बर्ष आयोजना गरिदै आएको राष्ट्रिय चलचित्र पुरस्कारलाई यो बर्ष पनि निरन्तरता दिने बताएका छन् ।

1

बिगत ५ महिनादेखि रिक्त रहेको बिकास बोर्डको अध्यक्ष पदमा राजकुमार राई नियुक्त भएर आएपछि चलचित्रकर्मीले यो कुरालाई निकै सकारात्मक रुपमा लिएका छन् । फिल्मक्षेत्रमा सक्रिय ब्यक्ति अक्ष्यक्षको रुपमा नियुक्त भएर आएपछि चलचित्रकर्मीहरु खुशी भएका हुन् । नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट राजकुमार बिकास बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।

akash-adhikari

journalist-team

2

For More videos Log on to Mazzako TV