मज्जाको अनलाईन, जेठ १५ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

आजबाट पुन: प्रर्दशनमा आएको चलचित्र हो, ‘६ एकान ६’ । करिब डेढ बर्ष अघि सार्वजनिक प्रर्दशनमा आएको यस चलचित्रको पुन: प्रर्दशनबाट आएको सबै पैसा भुकम्प पिडितहरुका लागि जानेछ । चलचित्रको आजको प्रर्दशनमा दर्शकको उपस्थिती सन्तोसजनक भएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । ‘भोलीबाट दर्शकको फ्लो बढ्नेछ भन्ने अपेक्षा लिएका छौ’, चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले यस्तो प्रतिक्रिया दिए ।

IMG_7552

साँझ ५ बजेदेखि कुमारी हलमा चलत्रिको बिशेष शो राखिएको थियो, जहाँ चलचित्रका अधिकांश कलाकारहरुको उपस्थिती रहेको थियो । हाँस्यकलाकारहरुको बाहुल्यता रहेको यस चलचित्रको बिशेष शो मा उपस्थित सबैले टिकट काटेर मात्रै चलचित्र हेरे ।

IMG_7558

‘मनोरञ्जन सँगै सेवा गर्ने यो अभियानमा सबैजना सहभागी हुनको लागि हामी अनुरोध गर्दछौं’, हातमा टिकट देखाउदै सिताराम कट्टेल धुर्मुसले भने, ‘समय छ, हल चर्केको छैन्, सकुशल छ भने एक चोटी सबैले ६ एकान ६ हेरौं, भुकम्प पिडितका लागि सहयोग गरौं ।’

IMG_7563

कार्यक्रममा चलचित्रकी नायिका निता ढुंगाना र निर्देशक दिनेश डिसीको भने उपस्थिती देखिएन ।

IMG_7565

IMG_7567

IMG_7569

IMG_7571

IMG_7560

IMG_7556

IMG_7547

IMG_7583

IMG_7586

For More videos Log on to Mazzako TV