मज्जाको अनलाईन, जेठ १४ गते, विहिबार, २०७२, काठमाण्डौं ।

आकाश अधिकारीको पहलमा चाईनाबाट आएको राहत सामाग्रीको वितरण प्रक्रियाका बारेमा जानकारी गराउन आज राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरियो । अधिकारीको सामाजिक संस्था ‘आशाको ज्योती नेपाल’ मार्फत भुकम्प पिडितहरुका लागि ‘पोस्सिवल फिल्म प्रोडक्सन साङ्घाई’ चाइनाबाट सहयोग स्वरुप १ सय २२ थान टेन्ड, २ सय थान ब्ल्याङ्केट र ३ सय थान प्लास्टिक प्याड आएको छ । प्रभावकारी रुपमा प्रभावितहरुसमक्ष यि सामाग्रीहरु पुगोस् भन्ने हेतुले आज एक समितीको पनि गठन गरिएको छ ।

1(1)

आकाश अधिकारीको संयोजकत्वमा सञ्चारकर्मी प्रकाश सुवेदीको सह संयोजन रहने गरी गठिन समतिमा अभिनेत्रीद्धय करिश्मा मानन्धर र दीपाश्री निरौला, निर्माता एवं गीतकार बाबुराम दाहाल, सञ्चारकर्मीहरु शान्ति प्रिय, सामिप्य तिमल्सिना, सुशिल पौडेल तथा सम्झना बन, सुरेश अधिकारी र आर्यन अधिकारी सदस्यका रुपमा छन् ।

2(1)

कार्यक्रममा बोल्दै आकाशले भने, ‘समितिमा रहेका सदस्यको निर्णय बाट भूकम्प प्रभावित क्षेत्रका अति प्रभावित व्यक्तिलाई हामीसँग भएको सामग्री वितरण गर्नेछौं ।’ उनले यथाशिघ्र राहत सामग्री वितरण गर्ने जानकारी दिदैं हालसम्म आफ्नो सामाजिक संस्थाले २४ लाख बराबरको राहत सामग्री वितरण गरिसकेको र चाइना बाट प्राप्त राहत सामग्रीको मूल्य झण्डै ४० लाख नेपाली रुपैयाँ हुन आउने बताए ।

प्रेसमिटमा निर्माता संघका अध्यक्ष राजकुमार राई, पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, अभिनेत्रीद्धय करिश्मा मानन्धर र दीपाश्री निरौलाले निर्देशक एवं अभिनेताले गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै उनलाई बधाई दिए ।

For More videos Log on to Mazzako TV