मज्जाको अनलाईन, जेठ १३ गते, बुधबार, २०७२, काठमाण्डौं ।

नेपाली राजनैतिक वृत्तका नेताहरु अनि कलाकारहरु बीचमा फुटबल भिडन्त हुने भएको छ । राष्ट्रिय दैनिक ‘नयाँ पत्रिका’ ले भूकम्प पीडितको सहयोगार्थ फूटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । आज राजधानीमा पत्रकार भेटघाटको आयोजना गरि यो कुरा जानकारी गराईएको हो ।

IMG_7459

नेता कलाकार बीचको फुटबलसँगै मेची काली हाँस्यव्याङ्ग्य साँगीतिक कार्यक्रमको आयोजना गर्ने पनि बताईएको छ । यही जेठ २३ गते शनिबार काठमाण्डूको हलचोक स्थित शशस्त्र प्रहरीको खेल मैदानमा कलाकार बिरुद्ध राजनीतिक नेता उत्रनेछन् भने यही जेठ २६ गते देखि देशका विभिन्न शहरहरुमा कन्सर्ट गरिने जानकारी गराईएको छ ।

IMG_7502

करिब एक दर्जन कलाकर्मीको टोली देश दौडाहमा निस्कनेछन् । यि कार्यक्रमहरुबाट उठेको रकम भुकम्प पिडितका लागि प्रयोग गरिने पनि जानकारी गराईएको छ साथै दाताहरुबाट उठेको रकम ब्यबस्थापनमा खर्च गरिने छैन । कार्यक्रम आयोजना गर्दा लाग्ने खर्च सबै नयाँ पत्रिकाले नै गर्नेछ ।

IMG_7479

भूकम्प प्रभावितको सहयोगार्थ नयाँ पत्रिकाले सुरु गर्न लागेको अभियानमा युवा नेता तथा सभासद गगन थापा, ए.माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र एमाले नेता रविन्द्र अधिकारीले एैक्यवदता जनाएका छन् । कार्यक्रममा नेपाली चलचित्र, हाँस्यब्यंग्य,नाटक र खेलकुद क्षेत्रका ब्यक्तिहरुको उपस्थ्तिी रहेको थियो ।

IMG_7478

IMG_7471

IMG_7493

IMG_7498

IMG_7501

IMG_7515

IMG_7504

IMG_7497

For more videos log on to Mazzako TV 

For More videos Log on to Mazzako TV