मज्जाको अनलाईन, जेठ १३ गते, बुधबार, २०७२, काठमाण्डौं ।

फिल्म ‘चंखे शंखे पंखे’ निर्माण युनिटले नयाँ चलचित्रका लागि हिरोको खोजी गरिरहेको छ । भूकम्पका कारण जेठ १ बाट कार्तिक ३ मा रिलिजको डेट सारेको चलचित्र ‘चंखे शंखे पंखे’ युनिटले रोमान्टिक लभ स्टोरीमा आधारित चलचित्र ‘प्रेम गीत’ बनाउन लागेको छ ।

चलचित्र ‘प्रेम गीत’का लागि पुजा शर्माको अपोजिटमा देखिने हिरोको यतिबेला खोजी भईरहेको छ । यदि तपाईपनि हिरो बन्ने चाहनामा हुनुहुन्छ भने अडिसन दिन सक्नुहुनेछ ।

heroooo

अभिनय तथा नृत्य प्रति मोह भएका ह्यान्डसम वा चकलेटी जो कोहीले पनि आसुसेन फिल्मस् प्रा.लिको अफिशियल ईमेल ठेगाना [email protected]  मा आफ्नो प्रोफाईल र एक प्रति लेटेष्ट फोटो पठाउन सक्नुहुनेछ ।

चलचित्रका निर्देशक सुर्दशन थापाका अनुसार चलचित्र ‘प्रेम गीत’का नव नायकले सुपरस्टारको ट्याग पाउने निश्चित भएको पनि बताएका छन् । ‘किन त ?’ उनलाई प्रश्न राख्दा उनी चलचित्रको स्टोरीलाईन नै सबैले रुचाउने भएको बताउछन् । चलचित्र ‘प्रेम गीत’लाई सन्तोस सेनले निर्माण गर्न लागेका हुन् ।

For More videos log on to Mazzako Tv

For More videos Log on to Mazzako TV