मज्जाको अनलाईन, जेठ ११ गते, सोमबार, २०७२, काठमाण्डौं ।

वैशाख १२ गते आएको महाभूकम्प पछि भुकम्प सम्बन्धि विभिन्न गीतहरु बनाईए । तर अधिकांश गीतमा भुकम्पले पारेको क्षति अनि दर्दनाक र्दश्यहरु समावेश गरिएको पाईयो । भुकम्पको पीडाबाट उम्कन खोजिरहेका नेपालीहरुलाई यि गीतहरुले झन भुकम्पको त्राश मात्र बाँडे,  आशा र भसोसा बाड्न सकेनन् भन्ने टिप्पणीहरु पनि सुनियो ।

तर यसै बीच, अब निराशा बाट आशाको बाटोतर्फ लम्कनु पर्छ भन्ने सन्देश सहित भुक्म्पकै गीत तयार पारिएको छ, जहाँ भुकम्पपछिको दर्दनाक दृश्यहरुलाई देखाईएको छैन । ‘शान्ती मिलोस्’ बोलको यस गीतमा गायक कमल खत्रीको आवाज सुन्न सकिन्छ । संगीत रोशन बान्तवाको हो भने शब्द कृष्ण प्रसाईको ।

कृष्ण गिरीले खिचेको यो भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन केदार धितालले गरेका हुन् । गीतमा विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने पात्रहरुलाई प्रस्तुत गरिएको छ ।

For more videos log on to Mazzako Tv Youtube Channel

For More videos Log on to Mazzako TV