एजेन्सी मुम्बई, जेठ ९ ।

भारतीय मूलकी पूर्व पोर्नस्टार तथा अहिलेकी हट नायिका सन्नी लियोनीले विगतकै आफ्नो पोर्न कर्मले गर्दा मुम्बईमा बस्नको लागि घर किन्न खोजेपनि पाएकी छैनन् । उनलाई घर बिक्री गर्न केही पनि राजी भएको देखिदैन । यसैबीच यतिबेला उनी बस्दै आएको घरबाट पनि उनलाई निकालिएको छ ।

Sunny
मुम्बईको अंधेरीमा अभिनेत्री सेलिना जेट्लीको फ्ल्याटमा उनी भाडामा बस्दै आएकी थिईन् तर अब उनलाई त्यहाँबाट पनि निकालिएको छ । भाडामा दिएको फ्ल्याटको सन्नीले राम्रो हेरचाह नगरेको भन्दै उनलाई निकालिएको हो ।

Sunny crying

हुन त उनी आफैले पनि बेलाबेलामा आफ्नो विगतका कारण बलिउडमा आफूलाई मन नपराउने तथा आफ्नो कामलाई अस्वीकार गर्नेहरु थुप्रै रहेको प्रतिक्रिया दिदै आएकी छिन् । सेलिनाले सन्नीलाई घर पाउन मुश्किल भएको बेला सहयोग गरेर घर भाडामा दिएकी थिईन् तर अब भने सेलिनाले पनि सन्नीको साथ छोडिदिएकी छिन् ।

सन्नीले घरको बालकनी, बाथरुम तथा फर्निचरहरुको राम्रो हेरचाह नगरेको र सरसफाईमा समेत ध्यान नदिएको भन्दै सेलिनाले सन्नीलाई घर खाली गर्न लगाएकी हुन् । भाडामा बस्दै आएको घरबाट पनि निकालिएपछि सन्नी यतिबेला मुम्बईको एक होटलमा बसिईरहेकी छिन् ।

For More videos Log on to Mazzako TV