मज्जाको अनलाईन, जेठ ४ गते, सोमबार, २०७२, काठमाण्डौं ।

निकै खुशी हुदै नायिका करिश्मा मानन्धरले भनिन् ‘कलाकार हौं, हसाउँछौं, हामी जोकर हौ , यस्तो बेलामा जोकर हुन पाउँदा हामी खुसी छौं ।’ करिश्माको यो कुरामा नायिका झरना थापा, हाँस्यकलाकार दिपाश्री निरौला, निर्देशक आकाश अधिकारीले पनि समर्थन जनाए । प्रशंग हो, राजधानीको तीनकुनेमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रमको ।

IMG_7238

भारतमा निकै क्रियाशिल रहेको परमशक्तिपीठले नेपालमा भुकम्प पिडितहरुका लागि ७५ वटा घर बनाईदिने घोषणा गर्न पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा परमशक्तिपिठ नेपाल सेवा समिति अन्तरर्गत ‘पुर्नवास योजना’ कार्यक्रममा प्रत्यक्ष संलग्न कलाकारहरुको उपस्थिती रहेको थियो ।

IMG_7223

परमशक्तिपीठ नेपाल सेवा समितिले काठमाण्डौंबाट ९ किलोमिटर टाढा पर्ने धर्मस्थली चौगाउँमा भूकम्पले भत्किएका ७५ वटा घरको पुर्न निर्माण गर्दैछ, जहाँ नेपाली कलाकर्मीको पनि सक्रिय रुपमा सहभागीता रहनेछ ।

IMG_7232

परमशक्तिपीठ नेपाल सेवा समितिकी संयोजक साध्वी सहृदया परमानन्दले भनिन्, ‘हामीले प्रेरणा मात्रै दिने हो, सबैलाई घर बनाउँन सम्भव पनि हुँदैन् । यस्तोमा सहयोग गरेर हामी अरुलाई पनि यो कार्यमा प्रेरणा दिन चाहन्छौं ।’ घर निर्माण सँगै समितिले उक्त गाविसका एक हजार जना भूकम्प प्रभावित बालबालिकालयाई संरक्षण दिने घोषणा समेत गरिएको छ ।

IMG_7237

यसै साताबाट सुरु हुने घर निर्माणको कार्य एक महिना भित्र सक्ने लक्ष्य राखिएको अभियानका सदस्य विनोद मानन्धरले बताए । ३५ हजार रुपैयाँ लागतमा जस्ता पाता र स्थानिय सामाग्री प्रयोग गरी निर्माण गरिने एक कोठे घरको साइज १२ वाइ १० हुनेछन् । कार्यक्रममा बताईए अनुसार घर दश पन्ध्र वर्ष आरामले टिक्छ ।

For More videos Log on to Mazzako TV