मज्जाको अनलाईन, बैशाख ३१ गते, विहिबार, २०७२, काठमाण्डौं ।

महाभूकम्पका कारण जेठ १ गत सर्वाजनिक प्रर्दशनमा आउन नसकेको चलचित्र ‘चंखे शंखे पंखे’को नयाँ रिलिज डेट तोकिएको छ । चलचित्रका निर्देशक सुर्दशन थापाका अनुसरा चलचित्र अब कार्तिक ३ गते फुलपातीका दिनदेखि मोफसल र कार्तिक ६ देखिदेखि भ्याली भित्र प्रर्दशनमा आउनेछ ।

chankhe-shanke-new-poster-1024x455

कमेडी श्रेणीमा रहेर राष्टियताको कथा उठान गरेको चलचित्र ‘चंखे शंखे पंखे’ फूलपातिमै रिलिज गर्नुको कारण बारे निर्देशक भनेका छन्, ‘मेरो पहिलो फिल्म मेरो एउटा साथी छ पनि दशैका बेला रिलिज गरेको थिए जसले मलाई यो स्थानमा उभ्याउन सफल भयो त्यसकारण चंखेलाई फूलपातिको दिन रिलिज गर्ने निर्णय गरिएको हो ।’

चलचित्र ‘चंखे शंखे पंखे’मा चलचित्रका निर्देशक समेत रहेका सुर्दशन थापा सँगै सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, पूजा शर्मा लगायतको अभिनय रहेको छ । सन्तोष सेनले लगानी गरेको यस सिनेमालाई बिग बजेटको चलचित्र भनिएको छ ।

For More videos Log on to Mazzako TV