भुकम्पबाट ज्यान गुमाएकाहरु प्रति कलाकारको भावपुर्ण श्रद्धाञ्जली (फोटो फिचर)
मज्जाको अनलाईन, , वैशाख २४ गते, विहिबार, २०७२, काठमाण्डौ ।
महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा नेपाली चलचित्र, संगीत र नाट्य क्षेत्रका विभिन्न ब्यक्तिहरुले आज साँझ कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा मैनबत्ती बालेर श्रदाञ्जली ब्यक्त गरे ।
बैशाख १२ गते आएको महाभूकम्पमा परि अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार नाघिईसकेको छ । अझै पनि कति बेपत्ता छन् । विभिन्न धार्मिक र पुरातात्विक महत्वका धरोहरुहरुलाई समेत ध्वस्त पारेको विनाशकारी भुकम्प पछिको १३ औ दिनमा राजधानीका विभिन्न ठाँउहरुमा पनि मैनबत्ती बालेर मृतकहरु प्रति भावपुर्ण श्रदाञ्जली अर्पण गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानमा नेपाली सिनेमा क्षेत्रका नयाँ देखि पुराना धेरै कलाकारहरुको उपस्थ्तिी रहेको थियो । बिहीबार साँझ माइतिघर मन्डला, सुन्धारा, बसन्तपुर, सानेपालगायत स्थानमा मैनबत्ति बालेर प्राण गुमाउनेहरुको सम्झना गरियो ।
For More videos Log on to Mazzako TV