मज्जाको अनलाईन, बैशाख १९ गते, शनिवार, २०७२, काठमाण्डौं ।

गायक तथा संगीतकार टंक बुढाथोकीले भुकम्प पिडितको सहयोगमा जुट्न सबैमा सांगितिक अपिल गरेका छन् । महाभुकम्प पछिको परिस्थितलाई मध्यनजर गर्दै संगीतकार बुढाथोकीले संगीत सृजना गरी गीतको माध्यमबाट सबैलाई सहयोगमा जुट्न आब्हान गरेका छन् ।

Tanka
‘सेभ नेपाल’ बोलको गीतमा संगीतकार बुढाथोकी र गायिका अनु ढकालको आवाज सुन्न सकिन्छ । गीतको अडियो युट्युबबाट भर्खरै सार्वजनिक गरिएको छ । ‘कलाकारको पनि सामाजिक उत्तरदायित्व हुन्छ, त्यही भएर पनि मैले आफ्नै क्षेत्रबाट केही गर्न सक्छु कि भनि यो गीत बनाएको हुँ’, गीतको बारेमा गायक तथा संगीतकार बुढाथोकीले यस्तो प्रतिक्रिया दिएका छन् ।

गीतको अफिसियल भिडियो बन्दै गरेको पनि उनले जानकारी गराएका छन् । अफिसियल भिडियोमा विभिन्न कलाकारहरुलाई फिचरिङ्ग गरिने पनि उनले जानकारी गराए ।

For More videos Log on to Mazzako TV