मज्जाको अनलाईन, बैशाख १९ गते, शनिवार, २०७२, काठमाण्डौं ।

स्वास्थ्य मन्त्रालय र डब्लु. एच. ओ.को संयोजनमा नेपाली चलचित्रकर्मीहरुले आज भक्तपुर, ललितपुर र काठमाण्डौका विभिन्न स्थानमा पुगेर औषधी र खाद्यन्न वितरण गरेका छन् ।

IMG_6414

तीन वटा टोली बनाएर करिब ९० जना चलचित्रकर्मीहरुले आज दिनभर फिल्ड भिजिट गरेको छ । उपत्यकाका तीन जिल्लाका भुकम्प प्रभावित क्षेत्रमा डाक्टर र प्राविधिक सहित पुगेको कलाकारको टोलीले विभिन्न औषधी बाढ्नुका साथै राहत सामाग्री पनि बाडेको छ ।कलाकारको टोलीलाई स्वस्थ्य मन्त्री खगराज अधिकारीले यो अभियानमा साथ दिएकोमा धन्यवाद दिदै हार्दिक स्वागत पनि गरेका छन् ।

IMG_6374

भुकम्प प्रभावित क्षेत्रहरुमा पालमुनी बसिरहेका भूकम्प पिडितहरुले कलाकारहरुलाई आफ्नै आँखा अगाडी देख्दाँ केहीक्षण भएपनि खुशी देखिएका थिए । ‘एक हप्ता पछि तपाईहरु यहाँ आएर हामीलाई खुशी लागेको छ, हामी बल्ल हाँस्न पायौं ‘, कलाकारहरुलाई देखेर भुकम्प पिडितले यस्तो प्रतिक्रिया दिए । साथै कलाकारहरुले पिडितहरुसँग स्वास्थ्यका बारेमा अन्तरक्रिया गर्दा सबैले निकै रुचिका साथ सुनेको पनि पाईयो । कलाकार तथा डाक्टरहरुले सिकाएको कुरा पालना गर्ने पनि पिडितहरुले बताएका छन् ।

IMG_6366

पुरानादेखि नयासँम्मका अधिकांश कलाकारहरुको यस अभियानमा सहभागिता रहेको देखियो । यो टोलीले भोली फेरि यी ३ जिल्लाका अन्य प्रभावित क्षेत्रमा पुग्ने र सोमबारबाट काठमाण्डौ बाहिर जाने योजना बनाएको छ ।

IMG_6368

IMG_6379

IMG_6401

IMG_6419

IMG_6423

IMG_6430

IMG_6433

IMG_6436

IMG_6463

IMG_6482

IMG_6485

IMG_6481

IMG_6519

For More videos Log on to Mazzako TV