मज्जाको अनलाईन, बैशाख १८ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

‘होस्टेल रिटर्न्स’ निर्माण युनिटले भुकम्पबाट पीडित भएकाहरुलाई राहत वितरण गरेको छ । निर्माता सुनिल रावल, निर्मात्री दुर्गिश थापा, वितरक गोविन्द शाही, निर्देशक सुरज भुषाल, शुद्ध प्लसका नेपाल प्रमुख पशुपति भुषाल लगायतको टोली नाङ्लेबारी पुगेर राहत वितरणमा सरिक भएको हो ।

11062632_963418100359024_698323838089783172_n

‘होस्टेल रिर्टन्स’को टोलीले डेढसय थान ब्ल्यांकेट, एकसय थान त्रिपाल, दस कार्टुन पानी, चाउचाउ, कुकिज, दाल र दुई बोरा चिउरा बितरण गर्‍यो ।

11151013_963417677025733_1161919606011978066_n

शनिबार काभ्रेस्थली, कलंकी र सीतापाइला पुगेर राहत वितरण गरेको सिनेमाको टोलीले यसैसाता ललितपुरको मनिखेल, काभ्रेको पोखरीचौर, धादिङको आदमघाट पुगेर राहत वितरण गर्ने निर्माता सुनिल रावलले मज्जाको अनलाईनलाई जानकारी गराए ।

11181401_963418030359031_4459898047914451919_n

शुद्ध प्लससँग मिलेर चलचित्र युनिटले गोर्खा र काभ्रेमा दुईसय त्रिपाल र अन्य राहत सामाग्री यसअघि नै पठाईसकेको छ । भुकम्पकै कारण यस चलचित्रको रिलिज मिति सारिएको छ तर नयाँ ‘रिलिज डेट’ कुन हो भनेर अहिलेसम्म ‘फिक्स’ गरिएको छैन ।

11188337_963418110359023_340217669807254743_n

For More videos Log on to Mazzako TV